आर्थिक वृद्धिदर ४.९ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण


काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु वर्षको आर्थिक वृद्धिदर ४.९ प्रतिशतले हुने प्रक्षेपण छ।

एडीबीले बुधबार (आज) सार्वजनिक गरेको एशियन आउटलुक २०१८ मा चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको हो।

चालु आर्थिक वर्षमा सेवा क्षेत्रमा हुने विस्तारले यो वृद्धिदरलाई साथ दिने नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले बताए ।

उनका अनुसार आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ उत्पादन ९जीडीपी० बढ्नेछ ।

विद्युत् उत्पादन क्षमतामा हुने वृद्धिले पनि औद्योगिक वृद्धिलाई टेवा दिने एडीबीका नेपाल प्रतिनिधि मानबर खड्काले बताए । उनले भने पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवाहरू लगायतका गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुनेछ ।

लचक मौद्रिक नीति, पुँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुनेछन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा मुद्रा स्फिति ५ प्रतिशतभित्रै सीमित गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य हासिल हुनसक्ने उल्लेख गदै सरल फसल संकलन तथा नेपालको आयातको मुख्य स्रोत भारतमा मुद्रास्फितिमा सामान्य गिरावट आएसँगै मुद्रास्फिति केन्द्रीय बैंकले निर्धारण गरेको सीमामै रहने प्रक्षेपण गरिएको छ ।

वाह्य जोखिमहरू सापेक्ष रूपमा नियन्त्रणमा प्रक्षेपण गर्दै एडीबीले व्यापार घाटामा गिरावट, उत्साहवर्द्धक विप्रेषण आप्रबाह र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष २०८०र८१ मा नै बाह्य क्षेत्रमा सुदृढ देखिएको जनाएको छ ।

त्यस्तै बैकले आर्थिक वर्ष २०८१र८२ मा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको एक प्रतिशतसम्म पुग्नसक्ने प्रक्षेपण गरेको छ । जुन गत आर्थिक वर्षमा अर्थतन्त्र पुनरुत्थान तथा विप्रेषण आप्रवाहमा मध्यम सुधारसंगै ३.९ प्रतिशतले बचतमा रहेको थियो ।