दुई महिनामा निर्जीवन लघु बिमा कम्पनीको कुल बिमाशुल्क ११ करोड माथि, कसको कति ?


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\०८२ को दोस्रो महिना भदौसम्म निर्जीवन लघु बिमकले ११ करोडभन्दा बढी रुपैयाँ बढी कुल बिमाशुल्क आर्जन गरेको छन्।

नेपाल बिमा प्राधिकरणको तथ्यांकका अनुसार तीनवटा लघु जीवन बिमा कम्पनीले दुई महिनामा ११ करोड ३ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

त्यस्तै कम्पनीहरूले ४२ हजार ४४६ वटा बिमालेख जारी गरेर छन् । दुई महिनाको अवधिमा सर्वाधिक व्यवसाय गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीले १२ हजार १८४ बिमालेख बिक्री गरेर ३ करोड १२ लाख रुपैयाँ बढी कुल बिमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीले ९ हजार ४३० बिमालेख बिक्री गरेर २ करोड ८० लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

त्यस्तै ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९ हजार ३०५ बिमालेख बिक्री गरेर २ करोड ५८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गर्दा स्टार माइक्रोले ११ हजार ५२७ बिमालेख बिक्री गरेर २ करोड ५२ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेकाे प्राधिकरणकाे तथ्याकले जनाएकाे छ ।