चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय लाग्दैनः उपाध्यक्ष पाण्डे


काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालले चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय नलाग्ने बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारत विश्वकै तेस्रो र चीन पहिलो ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै गरेको भन्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने उल्लेख गरे । दुई छिमेकी देशहरू ठूलो अर्थतन्त्र भएको मुलुक बन्दैगर्दा नेपालले त्यसको फाइदा लिनुपर्ने र दुई देशबाट फाइदा लिनसक्ने क्षमता नेपालीहरूमा हुनुपर्ने बताए ।

उनले क्यापिटलिजम र सोसलिजमलाई व्यवस्थित गरेर मात्रै देश समृद्ध बनाउन सकिने पनि बताए । नेपालले चीन र भारतलाई मात्रै पनि राम्रोसँग समात्नसके विकसित मुलुकमा नेपाललाई लैजानका लागि समय नलाग्ने उनकाे विश्वास छ । उपाध्यक्ष पाण्डेले निजी क्षेत्रलाई एक भएर लगानी बढाउन आग्रह समेत गरे ।