दुई वर्षमा वैदेशिक रोजगारीमा नयाँ श्रम स्वीकृति लिने संख्या घट्यो, महिला सहभागिता १२.९ प्रतिशतमा


काठमाडौँ । पछिल्ला दुई आर्थिक वर्षमा वैदेशिक रोजगारमा जानत नयाँ श्रम स्वीकृति लिने कामदारको संख्यामा कमी आएको छ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको पछिल्लो आर्थिक बुलेटिन अनुसार  आर्थिक वर्ष २०८०/८१ मा नयाँ श्रम स्वीकृति लिने कामदारको संख्या ७.६ प्रतिशतले घट्दै ४ लाख ६० हजारमा सीमित भएको छ। यो संख्यामा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ४ लाख ९८ हजार कामदारले श्रम स्वीकृति लिएका थिए।

यद्यपि, वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने महिला कामदारको अंशमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०७६/७७ मा कुल श्रम स्वीकृति लिनेहरूमध्ये ९.६ प्रतिशत महिला रहेका थिए भने यो संख्या आर्थिक वर्ष २०८०/८१ मा बढेर १२.९ प्रतिशत पुगेको छ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा पुनः श्रम स्वीकृति लिने कामदारहरूको संख्या भने १.४ प्रतिशतले बढेर २ लाख ८१ हजार पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो संख्या २ लाख ७७ हजार थियो।