सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा, प्रतितोला कति पुग्यो ?


काठमाडाैँ । आज सुनको मूल्य बिहीबारको तुलनामा पाँच सय रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो नेपाली बजारमा अहिलेसम्मकै सर्वाधिक मूल्य हो। महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँ कायम भएको छ।

बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार सात सय रुपैयाँ थियो। लगातार पाँच दिनदेखि सुनको मूल्यले कीर्तिमान तोड्दै आएको छ।

चाँदीको मूल्य भने पछिल्लो तीन दिनदेखि स्थिर छ। आज पनि चाँदी तोलाको एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।