दुई महिनामा जीवन बिमा कम्पनीहरूको कुल व्यवसाय ३० अर्बमाथि, कुनले कति गरे ?

सबैभन्दा बढी व्यवसाय भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\०८२ को दुई महिना (साउनदेखि भदौं) सम्ममा जीवन बिमा कम्पनीहरूले ३० अर्ब बढीको बिमाशुल्क संकलन गरेका छन् । संचालनमा रहेका १४ वटा जीवन बिमकले १ करोड ३४ लाख १२ हजार १३३ वटा पोलिसी बिक्री गरेर कुल ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन् ।

उक्त अवधिसम्म सबैभन्दा बढी व्यवसाय भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको छ । उक्त कम्पनीले सो अवधिसम्मा ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा नेशनल लाइफले रहेको छ । कम्पनीले ३ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी, तेस्रोमा एलआइसी कार्पोरसन नेपाल छ । कम्पनीले ३ अर्ब ३० करोड ७५ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गर्दा हिमालयन लाइफले ३ अर्ब १० करोड १५ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ । त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ ।

साेही अविधमा एशियन लाइफले १ अर्ब ४७ करोड २० लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ ।,सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड ७८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी,सानिमा रिलायन्स लाइफले १ अर्ब १० करोड ६४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा राष्ट्रिय जीवन बिमा कम्पनीले १ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । त्यस्तै मेट लाइफले अवधिसम्ममा ९६ करोड ३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा प्रभु महालक्ष्मी लाइफले ८७ करोड २० लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

रिलायबल नेपाल लाइफले उक्त अवधिसम्ममा भने ८५ करोड ४७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ भने आइएमई लाइफले ८२ करोड ३५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । त्यस्तै सन नेपाल लाइफले साे अविधसम्म ७७ करोड ९४ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तंथ्याकले देखाएको छ ।