नारायणगढ- मुग्लिन सडकखण्डमा आज राति सवारी चलाउन नपाइने


काठमाडौँ । नारायणग-मुग्लिन सडकखण्डमा शुक्रबार राति सवारीसाधन चलाउन रोक लगाइएको छ । लगातार परिरहेको वर्षाले सडकमा अप्रिय घटना हुनसक्ने भन्दै स्थानीय प्रशासनले आज राति गाडी चल्न नदिने निर्णय गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ ।

समितिका अनुसार आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको जानकारी दिए । अत्यावश्यक सवारीका साधन भने सञ्चालन हुनेछ ।