नाडाद्वारा प्रहरीलाई राहत सामग्री हस्तान्तरण


काठमाडाैँ । नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले हिजाे (शनिवार) काठमाडाैँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई राहत सामग्री हस्तान्तरण गरेको छ। नाडाका अध्यक्ष करण चौधरीले प्रहरी कार्यालयका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक किरण बज्राचार्यलाई वाईवाई चाउचाउ ५० कार्टुन र जुस ८० कार्टुन हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष राजन बाबु श्रेष्ठ र प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेको उपस्थिति रहेको थियो। हाल देशमा भइरहेको अविरल वर्षाले सिर्जना गरेको विपद् व्यवस्थापनका लागि नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण गरेको हो। नाडाले विगतमा पनि यस्ता विपद् व्यवस्थापनका लागि सम्बन्धित निकायलाई राहत सामाग्री वितरण गर्दै आएको जनाएकाे छ ।

नाडा अध्यक्ष चौधरीका अनुसार, विपद्को समयमा समाजप्रति सहयोग गर्नु सबैको दायित्व हो र यस प्रकारका राहत सामाग्री वितरणले कठिन परिस्थितिमा केही राहत दिने विश्वास छ।