बिपी राजमार्ग आज साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द हुने


काठमाडौँ । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड आजदेखि राति १० घण्टा बन्द हुने भएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले सूचना नै प्रकाशित गरेर आज बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।

उक्त सडकखण्डमा नयाँ ट्र्याक खोलेर साना सवारी साधन सञ्चालन गरिए पनि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको हो।

बिपी राजमार्गको नेपालथोक-बर्खेखोला सडक करिब ४ किमी बाढीले पूर्ण रूपमा बगाएको थियो।