सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


काठमाडौँ । सुनको मुल्यले नयाँ किर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (विहिबार) सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च एक लाख ६२ हजार ४ सय पुगेको हो । यस अघि हिजो (बुधबार) सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।