काठमाडौँ। आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हालसम्मकै उच्च रहेको सुनको मूल्य आइतबार प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।
आइतबार चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्