सरकारले ९ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै


काठमाडौँ । सरकारले ९ अर्ब रुपैयाँको विकास ऋणपत्रको विक्री खुला गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय सुचना जारी गर्दै कात्तिक ७ गते ९ अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०९०’ विक्री खुला गर्ने भएकाे हो । कात्तिक ७ गते बुधबार बोलकबोल हुने छ भने कात्तिक ८ गते विहीबार निष्काशन हुने कार्यालयले उल्लेख गरेको छ ।

उक्त ऋणपत्र खरिद गर्न बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने छन् । यसको ब्याजदर बोलकबोल प्रकृयाबाट निर्धारण हुने जनाइएको छ ।

कार्यालयका अनुसार यो ऋणपत्र धितो राखी कर्जा लिन दिन पनि पाइने छ । यसको बोलकबोल कात्तिक ७ गते बुधबार विहान १० बजेदेखि ३ बजेसम्म हुने छ ।

यसको साँवा भुक्तानी २०९० कात्तिक ८ गते हुने र ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने उल्लेख गरिएको छ ।

यो ऋणपत्र कम्तिमा ५ लाख रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पाँच लाखले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने जनाइएको छ ।