कात्तिक २४ गतेदेखि दुबईदेखि भैरहवासम्म र काठमाडाैँ हुँदै भैरहवादेखि दुबईको उडान सुरू हुने


काठमाडाैँ । कात्तिक २४ गतेदेखि दुबईदेखि भैरहवासम्म र काठमाडौ हुँदै भैरहवादेखि दुबईको उडान सुरू हुने भएको छ ।

बुधवार सिंहदरबारमा सरकारको सय दिने उपलब्धी सुनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो जानकारी दिएका हुन् । फ्लाई दुवईले हप्ताको सातै दिन दुबई र भैरहवा एवं  काठमाडौँ हुँदै भैरहवा र दुबई बिच उडान भर्ने बताए । जजिरा एअरवेजले हप्ताको तीन दिन भैरहवा र कुवेत एवं कुवेत र भैरहवाबिच सिधा उडान भर्ने कार्यतालिका स्वीकृत भएको बताए । उनले राम्ररी सञ्चालनमा नआएका अन्तर्राट्रिय विमानस्थलको प्रयोग बढाउन यस सरकारले ठोस कदम चालेको बताए ।

उनले भैरहवा र पोखरामा फ्लाइट आकर्षित गर्न  भैरहवा र पोखराको लागि हवाइ इन्धनको मूल्यमा प्रतिलिटर शून्य दशमलव ३७ डलर कम गरी अन्तर्राष्ट्रिय उडानको प्रवन्ध गर्न सफल भएको बताए ।प्रधानमन्त्री ओलीले देश भित्र बनेका भौतिक पूर्वाधारको अधिकतम प्रयोग गर्ने र त्यसवाट लाभ लिने सरकारको घोषित नीति रहेको बताए ।