विहीबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ। विहीबार छापावाला सुनको मूल्य ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य विहीबार १ लाख ६६ हजार कायम भएको हो ।

चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँ कायम भएको छ ।