काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्वलाई लक्षित गर्दै खाद्य बजार निरीक्षण र अनुगमन गरेको छ। आज (कार्तिक १२ गते) मोवाइल फुड ल्याब भ्यानको प्रयोग गरी गरिएको अनुगमनमा मिठाई पसल, डेरी, र विभिन्न खाद्य व्यवसायमा खाद्य पदार्थको सरसफाइ, भण्डारणको अवस्था, र खाद्य गुणस्तरको नमूना परीक्षण गरिएको विभागले जनाएकाे छ ।
अनुगमनकाे क्रममा गुर्जुधाराको मधुरम मिठाई पसलमा सरसफाइ सामान्य रहेको भए पनि फ्रिजमा भण्डारण व्यवस्थित नभएको, साथै चन्द्रागिरीको सृष्टि स्विट एण्ड चाट हाउसमा मिठाइहरूमा मसिजन्य कागजको प्रयोग गरेको र उचित तापक्रममा भण्डारण नगरेको अवस्थामा भेटिएकाे विभागका प्रवक्ता माेहन कृष्ण महर्जनले जानकारी दिए । यस्तै, नरदेवीस्थित गौतम स्विट्सले खाद्य पदार्थमा लेबल नलगाई भण्डारण गरेको देखिएकाे विभागले जनाएकाे छ ।
यस निरीक्षणमा खाद्य पदार्थको नमूना प्रारम्भिक चेकजाँच गरी गुणस्तर ऐन २०८१ अन्तर्गत कैफियत सुधार्न निर्देशनहरू दिइएको छ। विभागका प्रवक्ता महर्जनले विभागको यो पहल उपभोक्ताहरूको स्वास्थ्य सुरक्षाका लागि निरन्तर जारी राखिने बताए।
प्रतिक्रिया दिनुहोस्