सिंहदरबार वैद्यखाना पुनः सञ्चालनका लागि इमान्दारिता मुख्य आवश्यकता छ: सभापति चालिसे


काठमाडाैँ । अर्थ समितिका सभापति सन्तोष चालिसेले देशमा सबैभन्दा ठूलो आवश्यकता इमान्दारिता भएको बताएका छन् ।

बुधवार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले सिंहदरबार वैद्यखानालाई सबै मिलेर सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनले ३७५ वर्षअघि स्थापना भएको सिंहदरबार वैद्यखाना अहिले धराशायी बन्नु दुःखद् भएको बताए । उनले १५० किसिमका औषधिहरू बनाउने वैद्यखाना अहिले शुन्य सरह बन्नु दुःख लागेको बताए ।

उनले लामो समय धराशायी भएको संस्थालाई सञ्चालन गर्ने प्रयास गर्नु नै राम्रो कदम भएको बताए । उनले सबैमा गरौँ भन्ने भावना जागृथ गर्नसके देश विकास गर्न सम्भव नहुने बताए । “सबैभन्दा महत्वपूर्ण कुरा ३७५ वर्षअघि स्थापना भएको, प्रताप मल्लले स्थापना गरेको, कुनैबेला १५० किसिमका औषधिहरू व्यापक रूपमा बन्ने गरेको संस्था आज धराशायी भएको छ । आजको सबैभन्दा ठूलो आवश्यकता भनेको इमान्दारिताको हो,” उनले भने । सभापति चालिसेले एउटा गरौँ भन्ने व्यक्तिले अर्को काम गर्ने व्यक्तिलाई सहयोग गर्नुपर्ने बताए ।