काठमाडौँ । नेपाल बैँकमा कार्यरत कर्मचारी र बैँकमा खाता रहेका ग्राहकहरूले काठमाडौँको बानेश्वरमा रहेको ‘एएसजी आइ एन्ड हेल्थ सर्भिसेस प्रा.लि’मा विशेष छुट पाउने भएका छन् ।
बैँक र एएसजीबिच बैँकका कर्मचारी र बैँकमा खाता रहेका सेवा ग्राहीलाई उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरुलाई क्लिनिक को विविध सेवाहरूमा लाग्ने शुल्कहरुमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र एएसजीको तर्फबाट बजारीकरण प्रबन्धक श्री सन्जीब कुमार ठाकाुरले हस्ताक्षर गरे ।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट आँखा सम्बन्धिसंग प्रदान गरिने बिभिन्न सेवा ( Eye Surgery procedures, minor investigation, optical lens, frames, treatment) बाट लाभान्वित हुने बैँकका प्रमुख सूचना अधिकारी होमबहादुर खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्