कामना विकास बैंकले नेपाल पे क्युआरलाई एपमा एकीकृत गर्‍यो



काठमाडौं । कामना सेवा विकास बैंकले नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्गमा एकीकृत गरेको छ ।

बिहीबारदेखि नेपाल पे क्युआरका व्यवसायीहरूलाई कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ सेवामा क्युआर स्क्यानरबाट सिधै रकम भुक्तानी गर्न मिल्ने गरी एप अपडेट गरिएको बैंकले जनाएको छ । यससँगै आफू नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको कामना विकास बैंकले जनाएको छ ।

अब कामना सेवा विकास बैंकका ग्राहकले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध क्युआर प्रयोग गरी नेपाल पेका क्युआरका व्यवसायीहरुलाई रकम भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।