सन् २०२५ को मध्यबाट थप आर्थिक सुधार हुने टर्किएको अनुमान


टर्किएले २०२५ को दोस्रो त्रैमासिकबाट आर्थिक सुधार हुने अपेक्षा गरेको छ । टर्कीका अर्थमन्त्री मेहमेट सिमसेकले मुद्रास्फीतिको दबाब कम गर्ने र विश्वव्यापी आर्थिक अवस्था सुधार गर्ने अपेक्षा लिएको बताए ।

संसदमा बजेट छलफलमा सिमसेकले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो आर्थिक रणनीतिको आधारशिला रहेको कार्यक्रमलाई दृढतापूर्वक समर्थन गरेको भन्दै आफ्नो आर्थिक कार्यक्रमप्रति सरकारको प्रतिवद्धता दोहो¥याए । 

कार्यक्रमले बाह्य कमजोरीहरू कम गर्न र वित्तीय स्थायीत्वलाई सुदृढ पार्न महत्वपूर्ण प्रगति हुने अपेक्षा गरेको बताए । उनले मौद्रिक नीति समायोजनको ढिलाइ हुने प्रभाव आगामी महिनाहरूमा अझ स्पष्ट हुने अपेक्षा गरिएको उल्लेख गरे ।

देशको वार्षिक मुद्रास्फीति दर सेप्टेम्बरको ४९.३८ प्रतिशतबाट अक्टोबरमा ४८.५८ प्रतिशतमा झरेको छ भने मासिक उपभोक्ता मूल्य २.८८ प्रतिशतले बढेको छ ।