सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता


काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ । खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम रु. १,००,००० मा नै खोल्न सकिनेछ ।

यस खातामा बैंकले ग्राहकहरुलाई भिषा डेबिट कार्ड, ईन्टरनेट बैंकिंग सेवा, मोबाइल बैंकिंग, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ । यस खातामा विभिन्न सेवाहरू विना कुनै शर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्र्पूण शाखाहरूबाट खोल्न सकिनेछ ।

सेञ्चुरी बैंकले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।