नाइजेरिया र भारतले आर्थिक विकास, रक्षा, स्वास्थ्य सेवा र खाद्य सुरक्षा लगायतका प्रमुख क्षेत्रहरूमा सम्बन्ध सुदृढ गर्ने प्रीतवद्धता गर्दै बलियो रणनीतिक साझेदारी निर्माण गर्न सहमत भएका छन् ।
नाइजेरियाको राजधानी अबुजामा भएको भेटवार्तामा नाइजेरियाका राष्ट्रपति बोला टिनुबु र पश्चिम अफ्रिकी देशको दुईदिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्धको लडाइँ, सामुन्द्रिक सुरक्षा र गुप्तचर आदानप्रदानमा कडा सहकार्य गर्ने सहमति गरेका छन् ।
गिनीको खाडी र हिन्द महासागरमा बढ्दो खतराको साथ, दुई नेताहरूले समुन्द्री व्यापार मार्गहरूको सुरक्षा र समुन्द्री डकैतीसँग लड्न कार्यहरू समन्वय गर्न सहमत भएका हुन् ।
नियमित नौसैनिक अभ्यासहरू र गिनीको खाडीमा संयुक्त पाइरेसी विरोधी कार्यहरू जारी राख्ने प्रतिवद्धता गरेका छन् । मोदीले नाइजेरियाको रक्षा आधुनिकीकरणको प्रयासलाई समर्थन गर्न भारतको तत्परता दोहो¥याउनु भयो । उहाँको नाइजेरिया भ्रमण १७ वर्षमा कुनैपनि भारतीय नेताको पहिलो भ्रमण हो ।
प्रतिक्रिया दिनुहोस्