सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो


काठमाडौं । निरन्तररुपमा घटेको सेयरबजारमा आइतबार उछाल आएको थियो । आइतबार आएको उछाल सोमबार कम भएको छ । आइतबार ९४ अंकले बढेको नेप्से परिसूचक सोमबार २३ अंकले घटेको छ । कारोबार रकम भने दुई अर्ब माथी पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ अंकमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि ७.०२ अंकले बढेर ३७५.८२ अंकमा झरेको छ ।

नेप्समा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको सेयर बढेको छ भने २ ओटा उपसमूह बढेको छ । जीवन बीमा र लगानी क्षेत्र बढेको छ ।

सोमबार कारोबार रकमका आधारमा नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । कोषको १५ करोड ६५ लाख ८८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । सोमबार सिवाइसी लघुवित्त, न्यादी हाइड्रोपार र लाइफ इन्स्योरेन्स कर्पोरेसनले सर्वाधिक कमाएका छन् भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सर्वाधिक गुमाएको छ ।

कूल २२९ वटा कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।