काठमाडौँ । नेपालको वैदेशिक व्यापार बढेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो चार महिनामा ०.५३ प्रतिशतले वैदेशिक व्यापार बढेको हो ।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख ४९ हजाुर रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख ५४ हजार रुपैयाँ बराबर वैदेशिक व्यापार गरेको थियो ।
नेपालको आयात ०.१७ प्रतिशतले बढ्दा निर्यात भने ४.१६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँ बराबरको आयात गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजार रुपैयाँको आयात गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा ५२ अर्ब ६७ करोड ७ लाख १० हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख २८ हजार रुपैयाँ बराबर रहेको छ ।
ै
प्रतिक्रिया दिनुहोस्