काठमाडाैँ । नेपाल अल्पविकसित राष्ट्रहरुको समूह (एलडिसी)को तर्फबाट जलवायु अनुकुलन कोषको सदस्यको रूपमा पुनः मनोनयन भएको छ ।
अजरबैजानको बाकुमा जारी जलवायु सम्मेलनको क्रममा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीको व्यवस्थाअनुसार अनुकुलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा मनोनित भएका हुन्।
बोर्ड सदस्यको लागि शर्मालाई नेपाल सरकारले प्रश्ताव गरेको थियो । एलडिसी समूहले शर्मालाई सन् २०२५\२०२६ का लागि बोर्ड सदस्यको रुपमा मनोनयन गरेको हो । यो मनोनयनपछि नेपाललाई अनुकुलन कोषमा पहुँच बिस्तारका लागि सहज हुने र कार्यक्रम स्वीकृत गरी बजेट ल्याउन सहजीकरण हुने मनोनित सदस्य शर्माले बताए ।
शर्माले यसअघि पनि सन् २०२२ देखि २०२४ सम्मका लागि बोर्ड सदस्यको रुपमा काम गरिसक्नुभएको छ । अझै पनि जलवायु अनुकुलन कोषको वैकल्पिक सदस्य, आर्टकर्टकल ६ दशमलव ४ को वैकल्पिक सदस्य,स्थानीय समुदाय तथा आदिवासीसँग सम्बन्धित समूहको वैकल्पिक सदस्य, हरित जलवायु कोष सदस्य,प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि समितिको सदस्य पद रिक्त छ । नेपालले यी पदमा क्षमतावान व्यक्तिलाई सदस्य बनाउने गरी पहल गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्