काठमाडाैँ । फोटो पत्रकार समूह नेपालले फोटो पत्रकारहरुको संस्थालाई सरकारले छुट्टै स्थान दिनुपर्ने माग राखेका छन् । आइतबार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटेर सो माग गरेका हुन् ।
उनीहरुले विश्वमा फोटो पत्रकारहरुको संस्थालाई सरकारले छुट्टै स्थान दिइरहेको भन्दै नेपालले पनि फोटो पत्रकारिता र फोटो पत्रकारिताको हक हीतको लागि आवश्यक कार्यक्रमहरु अघि बढाउनुपर्ने माग राखे ।
फोटो पत्रकार समूह नेपालसँगको भेटका क्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले पत्रकारितामा फोटोको महत्व धेरै हुने बताए ।
उनले फोटोग्राफबाट घटनाको समष्टिगत रुप आउने भएकाले पनि फोटोग्राफीको महत्व धेरै रहेको उल्लेख गरे । फोटो पत्रकारितालाई अझ सशक्त बनाउन भुमिका खेल्नुपर्ने उनकाे भनाइ छ ।
उनले भने, “पत्रकारितामा फोटोको महत्व धेरै नै हुन्छ । हामीले सुन्ने गरेको के हो भने फोटोग्राफी राम्रो भयो भने एउटै फोटोग्राफबाट घटनाको समष्टिगत रुप आउँछ भन्छ । फोटोबाट के म्यासेज दिन खाजेको हो भन्नेकुरा स्पष्ट हुनुपर्छ । फोटोग्राफीलाई अझ सशक्त बढाउन भुमिका खेल्नुपर्छ ।”
फोटो पत्रकार समूह नेपालले आफूहरुले फोटो पत्रकारिता र फोटो पत्रकारिताको हक हीतको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्