संसदमा पेश भएका विधेयकहरू ६० दिनभित्र पास गर्ने गरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी


काठमाडाैँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारसँग निजी क्षेत्रले उठाएका नीतिगत  र कानूनी सुधारका विषय समाधान गरिररहेको बताएका छन् ।

आइतवार १० औं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले औद्योगिक नीतिहरू पुराना भइसकेको बताए । उनले २०१३ सालमा बनेका औद्योगिक नीतिका आधारमा काम गर्दा सार्थकता नभएको बताए । उनले सरकारले संघीयताअघिका ऐन र कानूनहरुलाई क्रमशः विस्थापित गर्ने योजनामा रहेको बताए ।

उनले औद्योगिक व्यवसायी ऐन,बौद्धिक सम्पती ऐन,खानी तथा खनिजसम्बन्धि ऐन,विशेष आर्थिक क्षेत्र ऐनहरुलाई परिर्माजित गर्न मन्त्रीपरिषद्बाट मन्त्रालयलाई निर्देशन आएको बताए । उनले नीतिगत रूपमा निजी क्षेत्रले उठाएका प्रश्नहरुको समाधान गरी लगानीमैत्री वातावरण बनाउन भन्सार बिन्दुसँग जोडिएका,उद्योगसँग जाडिएका विषयमा उद्योग र लगानीमैत्री बनाउने विषयमा वृहत छलफल गरेर अगाडि बढाउन चाहेको बताए । 

उनले कानून बनाउने विषय संसद र ससंदीय समितिको प्राथमिकतामा नपरेको बताए । उनले अब सरकारले संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्ने योजना बनाएको बताए ।