‘सेञ्चुरी डिबेन्चर २०८८’ को सूचीकरण गर्ने सम्झौता


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबबीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ डिबेन्चर ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिएको २२,००,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असार १५ गतेको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको बैंकले जनाएको छ ।