चार महिनामै जीवन बिमा कम्पनीहरूले उठाए ५३ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क


काठमाडौं । चालु आर्थिक वर्ष २०८१\०८२ को चार महिना (साउन–कार्तिक) सम्म जीवन बिमा कम्पनीहरूले ५३ अर्ब रुपैयाँभन्दा बढीको बिमाशुल्क संकलन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले १ करोड ३३ लाख ४९ हजार १५७ वटा बिमालेख जारी गरी ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका हुन् ।

जसमा नेपाल लाइफ इन्स्योरेन्सले १५ अर्ब ४० करोड ९५ लाख, नेशलन लाइफ इन्स्योरेन्सले ६ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ अर्ब ५ करोड ६७ लाख गर्दा हिमालयन लाइफ इन्स्योरेन्सले ५ अर्ब ५८ करोड ३० लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ अर्ब २५ करोड १३ लाख, एशियन लाइफ इन्स्योरेन्सले २ अर्ब ७४ करोड ३५ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सले २ अर्ब १९ करोड ६४, सानिमा रिलायन्स लाइफले २ अर्ब ५ करोड ९५ लाख, नेट लाइफ इन्स्योरेन्सले १ अर्ब ८७ करोड ५१ लाख, राष्ट्रिय जीवन बिमा कम्पनीले १ अर्ब ७७ करोड ६५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ६२ करोड ७९ लाख, रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब ५५ करोड ८८ लाख, आइएमई लाईफ इन्स्योरेन्सले १ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब २८ करोड १५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तंथ्याकले देखाएको छ ।