नीतिगत अस्थिरताले निजी क्षेत्रलाई काम गर्न समस्या भयो: अध्यक्ष ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत अस्थिरताले निजी क्षेत्रलाई काम गर्न समस्या भएको बताएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८ औं वार्षिक साधारणसभामा अध्यक्ष ढकालले नीतिगत अस्थिरताले निजी क्षेत्रलाई काम गर्न समस्या परेको बताएका हुन् ।

उनले अटो क्षेत्रले राज्यको राजस्वमा ठूलो योगदान पुर्याएको र बैंक तथा बिमा क्षेत्रमा पनि ठूलो योगदान दिएको उल्लेख गरे ।

अध्यक्ष ढकालले देशभरका राजमार्गहरूको समयमा निर्माण नभएकाले विभिन्न क्षेत्रमा अवरोध परेको भन्दै ती मार्गहरूलाई समयमै पूरा गर्न विशेष पहल गर्न आग्रह गरे।

उनले भने, “अर्थतन्त्र खुम्चिनुको प्रमुख कारण सरकारले गर्ने निर्णयहरू कार्यान्वयनमा ढिलाइ हुनु हो ।” उनले नेपालका खनिज पदार्थहरूको निर्यातमा पहल गर्न र पेट्रोलियम पदार्थहरूलाई स्वदेशी रूपमा उत्पादन गरेर बेच्न सकेको भए आज नेपाल आर्थिक दृष्टिले सबल हुने बताए ।