काठमाडौँ । काठमाडौँको बत्तिसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिमा हुण्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी २६ लाख ५० हजार नगद र पाँच थान मोबाइलसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
बुधबार दिउँसो २ः३० बजे जिल्ला प्रहरी परिसर काठमाडौँ र गौशाला प्रहरी वृत्तको संयुक्त टोलीले उक्त कार्यालयमा छापा मारेको हो। घटनास्थलमा शंकास्पद गतिविधि गरिरहेका चार जनालाई नियन्त्रणमा लिइएको र उनीहरूको शरीर तथा कार्यालय कोठाको तलासी गर्दा उक्त नगद र मोबाइलहरू फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमा गुल्मी, तम्घास नगरपालिका वडा नम्बर ४ का भेषराज पाण्डे, जो उक्त कम्पनीका सञ्चालक हुन्, भारतको राजस्थानका ढुगरगढका बसन्त कुमार राठी, काठमाडौँ कमलपोखरीका प्रनिश थापा, र काठमाडौँ वडा नम्बर १६ निवासी सुरेश अधिकारी रहेका छन्।
प्रहरीले बरामद सामग्री र पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्