काठमाडाेँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ संशोधन गर्न बनेको विधेयकमा प्रधानमन्त्रीको कुनै हस्तक्षेप नरहेको बताएका छन् ।
बिहीवार समिति बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै सभापति खतिवडाले आवश्यक परेको बेला जोसुकैसँग छलफल गर्ने अधिकार समितिसँग भएको तर प्रधानमन्त्रीले यही विधेयकमा छलफल गरौं भनेर नबोलाएको बताए ।
प्रधानमन्त्रीको व्यक्तिगत आवरणमा आँच आउने र मान मर्यादा हुने किसिमले भ्रम फैलाइएको उनकाे भनाइ छ । भ्रष्टाचारमा संलग्न दोषिहरु नउम्किने र निर्दोश नफस्नेगरी विधेयकमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले समितिमा छलफल गरेर कसैले दुख नपाउने गरि विधेयक संशोधन गर्ने दाबी गरे ।
उपसमितिले नीतिगत बाहेकका विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि पनि आयोगले अनुसन्धान गर्नसक्ने गरी संशोधन गर्न सुझाएको छ । अबको केही समयमा विधेयकमाथि छलफल शुरु गर्ने समितिको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्