बढ्यो अण्डाको मूल्य, कुन साइजको कति ?


काठमाडौँ । नेपाल लेयर कुखुरापालक संघले अण्डाको मूल्यमा वृद्धि गरेको छ । संघको हिजो (विहिबार) बसेको बैठकले आज (शुक्रबार) देखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो ।

बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ । संघका अध्यक्ष विनोख पोखरेलका आजदेखि लागू हुने गरी अण्डाको भाउ प्रतिक्रेट १५ रूपैयाँ बढाइएको छ ।

बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ । अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४७० रूपैयाँ छ। ठूलोको ४८५ र एक्स-एल अण्डा ५०० रूपैयाँमा कारोबार भइरहेको छ।

मूल्य बढेसँगै मध्यम अण्डा प्रतिक्रेट ४८५, ठूलो ५०० र एक्सएल ५१५ रूपैयाँ पर्नेछ।