सानिमा बैंकले सबै खाताहरूमा मासिक ब्याज दिने


काठमाडौं । नयाँ आर्थिक वर्षलाई लक्षित गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ।

बैंकले नेपाली तथा विदेशी मुद्राहरू अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरुमा महिनैपिच्छे ब्याज दिन लागेको हो।

यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरुमा लागू भएको बैंकले जनाएकाे छ । साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ ।

मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिने तथा व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण तथा निःशुल्क क्रेडिट कार्डको लिन सक्ने व्यवस्था पनि गरिएको बैंकले उल्लेख गरेको छ ।

मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकम समेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ वर्षको सानिमा रिकरिङ्ग खाता समेत सुरु गरेको छ। यसमा भविष्यमा ब्याज घट्ने चिन्ता समेत नहुँने बैंकको भनाई छ ।

सानिमा बैंकले देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम सञ्चालनमा रहेका छन्।

यस्ताे छ सानिमा बैंककाे याेजना :

योजनासानिमा रेमिट्यान्स धमाका मुद्दती खातासानिमा धमाका मुद्दती खातासानिमा कर्पोरेट धमाका मुद्दती खाता
दुई गुणा५.७९ वर्ष (६९ महिना र १४ दिन)६.३२ वर्ष (७५ महिना र २४ दिन)६.९४ वर्ष (८३ महिना र ७ दिन)
तीन गुणा ९.१८  वर्ष (११० महिना र ३ दिन)१०.०१ वर्ष (१२० महिना र १ दिन)११  वर्ष (१३१ महिना र २८ दिन)
चार गुणा११.५८ वर्ष (१३८ महिना र २९ दिन)१२.६३ वर्ष (१५१ महिना र १४ दिन)१३.८८ वर्ष (१६६ महिना र १५ दिन)
पाँच गुणा१३.४५ वर्ष (१६१ महिना र २ दिन)१४.६६ वर्ष (१७५ महिना र २५ दिन)१६.१२ वर्ष (१९३ महिना र १० दिन)
न्यूनतम मौज्दातरु. ५००,०००रु.५००,०००रु. १,०००,०००