ललितपुरमा ‘बिग डिजिटल’को शुभारम्भ


काठमाडौं । मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटल आजदेखि शुभारम्भ भएको छ। ललितपुरको ग्वार्कोमा रहेको यस स्टोरको नायिका तथा यस स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा बिग डिजिटलका प्रमुख कार्यकारी अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने उदेश्यले यस स्टोरको स्थापना गरिएको बताए ।

यस सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र बाद्यवादन लगायतका उत्पादनहरु उपलब्ध रहेको उल्लखे गरेको छ ।

ओझाका अनुसार यस स्टोरबाट सामान खरिद गर्ने ग्राहकहरुले लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन। ग्राहकले खरिद गरेको समानको घरमा निशुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन्।

बिग डिजिटलको काठमाडौँ उपत्यकामा ४ वटा नँया ठाउँहरुमा आफ्नो स्टोरहरु विस्तार गर्ने अल्पकालिन योजना रहेको ओझाले बताए ।