कोशी प्रदेशले पर्यटन वर्षमा १७ लाख पर्यटक भित्र्याउने लक्ष्य


सुनसरी । कोशी प्रदेश सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी शुरू गरेको छ । बिहीवार सुनसरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको बैठक बसेको हो ।

बैठकमा कोशी प्रदेशले पर्यटन वर्षको रुपमा २०८२ सफल पार्ने बारेमा छलफल गरिएको थियाे। बैठकबारे जानकारी दिँदै कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री षदानन्द मण्डलले कोशी प्रदेशले पर्यटन वर्ष २०८२ घोषणा गरेबमोजिम तयारी शुरूवात गरिएको बताए।

उनले प्रदेशका १४ जिल्लामै विभिन्न कार्यक्रमहरु गर्दै जाने र भारत र चीनका पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए । भारत, चीन, भूटान र बंगलादेशलाई केन्द्रित गरेर पर्यटन वर्ष २०८२ को तयारी शुरू गरेको बताए ।

१७ लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार कोशी प्रदेश पर्यटन वर्ष २०८२ अघि बढेको मन्त्री मण्डलले बताए । —न्युज एजेन्सी नेपाल