काठमाडौं । उत्कृष्ट निर्यातकर्ता र रोजगारदाता उद्योगका रूपमा रिलायन्स स्पिनिङ मिल्स सम्मानित भएको छ। विराटनगर भन्सार कार्यालयले ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आइतबार उद्योगलाई पुरस्कृत गरेको हो।
विराटनगरको जोगवनी नाकाबाट सबैभन्दा बढी निर्यात गर्ने सुनसरी खनारको रिलायन्स स्पिनिङ उद्योगलाई पुरस्कृत गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।
भन्सारका अनुसार, उद्योगले गतवर्ष जोगवनी नाकाबाट ६ अर्ब ७४ करोड ८२ लाख २१ हजार रुपैयाँ बराबरको तयारी सामान निर्यात गरेको थियो। उत्कृष्ट रोजगारदाता उद्योगको रूपमा समेत रिलायन्स स्पिनिङ मिल्स सम्मानित भएको छ। नेपाल समुन्द्रपार निकासी पैठारी संघले २०८०र८१ मा सबैभन्दा धेरै रोजगारी दिएका कारण उद्योगलाई विशेष सम्मान प्रदान गरेको हो।
करिब ३० वर्ष अगाडी स्थापना भएको रिलायन्स स्पिनिङ मिल्स अहिले नेपालकै सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो । सुनसरीको दुहबीमा रहेको उद्योगका दुईओटा उत्पादन केन्द्र रहेका छन् । वार्षिक ४२ हजार ७ सय ५० मेट्रिकटन उत्पादन क्षमता रहेको यस उद्योगले कपास, पोलिएस्टर, भिस्कोज, एक्रिmलिक र टेक्सचर्ड र्यान उत्पादन गर्छ । यस उद्योगले भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्