सेयर खरिद प्रकरण : धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका प्रमुखलाई अर्थसमितिले बोलायो


काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणको बारेमा बुझ्न धितोपत्र बोडका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई अर्थसमितिले बोलाएको छ ।

समितिले आउँदो आइतबार बस्ने बैठकमा उपस्थित हुने गरि उनिहरुलाई बोलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वाेत्तमको सेयर खरिद प्रकरणको विषयमा अनुसन्धान गरिरहेको छ ।

बोर्डका अध्यक्ष ढुंगाना, संचालक चन्द्र ढकाल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले कानुन विपरित सर्वोत्तम सिमेन्टको सेयर खरिदमा संलग्न भएको विषयमा अर्थमन्त्रालयले स्पष्टिकरण सोधर छानबिन गर्दैछ ।

सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर बुक बिल्डिङ मार्फत आइपीओ निष्काशन गर्न लागेको छ ।सर्वोत्तमले शेयर निष्कासनको प्रक्रिया शुरू गरिसकेपछि ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा यो कम्पनीको सेयर किनेका छन्।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउदले पनि आफ्नी श्रीमतिको नाममा सर्वाेत्तम सिमेन्टको सेयर खरिद गरेका हुन् ।