दुई करोड रुपैँयासम्म २ प्रतिशत ब्याजमा कर्जा पाइने


काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक व्यवसायमा कर्जा प्रवाह गर्दा आधारदरमा २ प्रतिशत ब्याज तोक्नुपर्ने भएको छ । राष्ट्र बैंकले एकिकृत निर्देशन २०७८ संसोधन गर्दै २ करोडसम्मको आयात सम्बन्धी व्यवसाय बाहेकलाई कर्जा प्रवाह गर्दा आधारदरमा २ प्रतिशतसम्ममात्र ब्याज तोक्नुपर्ने उल्लेख गरेको छ ।

“इजाजतपत्रप्राप्त संस्थाले रु. २ करोड सम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय (आयातसम्बन्धी व्यवसाय वाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्नेछ,” संशोधनमा उल्लेख गरिएको छ ।

यसअघि १ करोडसम्म २ प्रतिशत ब्याजदरमा कर्जा पाउने गरेका थिए । बैंक तथा वित्तीय संस्थाले २० लाखसम्म कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेती योग्य जमिनलाई पनि धितोको रुपमा स्विाकार्न सक्ने उल्लेख गरिएको छ ।

यस्ताे छ सर्कुलरः