काठमाडौँ । चालु आर्थिक वर्ष २०८०\०८१ को ७ महिना माघसम्म १४ वटा जीवन बिमा कम्पनीमा बिमा पोलिसी सरेन्डर गर्नेहरूको संख्या ६२ हजारभन्दा बढी रहेको छ ।
नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि माघसम्म बिमितहरूले ६२ हजार ५२३ वटा बिमालेख सरेन्डर गरेका हुन् । प्राधिकरणका अनुसार जीवन बिमा कम्पनीहरूको कुल ८ अर्ब ५९ करोड २ लाख रुपैयाँ बराबरको बिमा पोलिसी सरेन्डर भएको छ ।
यो अवधिमा सबैभन्दा बढी बिमा पोलिसी सरेन्डर गर्नेमा एलआइसी नेपालबाट भएको छ । ७ महिनाको अवधिमा सो कम्पनीबाट १५ हजार ३६२ वटा पोलिसी बराबर २ अर्ब ५९ करोड ७९ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, नेपाल लाइफको १४ हजार २५ वटा बिमा पोलिसी वापत २ अर्ब ३६ करोड २४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।
राष्ट्रिय जीवन बिमा कम्पनीको ८ हजार ४९१ बिमा पोलिसी वापत ७८ करोड ६४ लाख ४८ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो । सोही गरि एशियन लाइफको ५ हजार १११ वटा बिमा पोलिसी वापत ५४ करोड १९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ भने नेशनल लाइफको ३ हजार ७२० वटा पोलिसी वापत ५५ करोड १५ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।
यता सूर्यज्योति लाइफको ३ हजार ४८३ वटा पोलिसी वापत ४६ करोड ९९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर हुँदा हिमालयन लाइफको ४ हजार १३७ वटा बिमा पोलिसी वापत ३७ करोड ८१ लाख लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।
त्यसैगरि मेट लाइफको २ हजार ९५ वटा बिमा पोलिसी वापत २४ करोड १२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ भने सानिमा रिलायन्स लाइफको १ हजार ७७ वटा पोलिसी वापत १५ करोड ३६ लाखरुपैयाँको पोलिसी सरेन्डर भएको हो । यता सिटिजन लाइफको १६ सय ६० वटा बीमा पोलिसी वापत १४ करोड ९१ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । आइएमई लाइफको १ हजार ७३ वटा बीमा पोलिसी वापत १२ करोड ३१ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।
प्रभु महालक्ष्मी लाइफको ८८२ वटा बिमा पोलिसी वापत १२ करोड ४६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ भने रिलायबल नेपाल लाइफको ९६५वटा बीमा पोलिसी वापत ६ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन् नेपाल लाइफको ४४२ वटा बीमा पोलिसी वापत ४ करोड ५५ रुपैयाँको पोलिसी सरेन्डर भएको भएको बिमा प्राधिकरणको तंथ्याकले देखाएको छ ।
जीवन बिमामा सबैभन्दा ठुलो भूमिका हुने अभिकर्ताहरूले नयाँ कम्पनी आएपछि पुराना कम्पनीबाट बिमा पोलिसी ‘सरेन्डर’ गराएर कमिसनको लोभमा नयाँ कम्पनीमा बिमा गराएको टिप्पणी हुने गरेको छ । एजेन्टसँगको मनमुटाव, बिमित कार्यरत कम्पनीले गर्ने बिमाका कारण व्यक्तिगत बिमा त्याग, आयस्रोत उच्च हुँदा बिमाको आवश्यकता महशुस नभई गरिने त्याग आदि पनि ‘सरेन्डर’ दर वृद्धिका कारण रहेको बिमा प्राधिकरणको अध्ययनले देखाउँछ ।
नेपालको सन्दर्भमा विषेश गरी अभिकर्तालाई यसको मुख्य कारक तत्वको रूपमा हेरिन्छ । बिमितसँग प्रत्यक्ष र निरन्तर सम्पर्कमा रहिरहने भनेको अभिकर्ता हो । उनीहरूले बिमितलाई आफ्नो स्वार्थअनुरूप समेत प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्