एसियन लाईफद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । एसियन लाईफ इन्स्योरेन्स कम्पनीले गत वर्षको आर्थिक मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १४ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको १४.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.७६ प्रतिशत नगद लाभांश गरि कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै लगानीकर्तालाई वितरण गरिने छ ।