काठमाडौं । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले बुधबारदेखि सुरू गरेको प्रदर्शनमा आज पनि उनीहरूले काठमाडौँको माईतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।
महासंघको आह्वानमा काठमाडौँ उपस्थित भएका शिक्षकहरूले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरू पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।

















प्रतिक्रिया दिनुहोस्