लाभांश प्रस्तावसहित नेपाल पुनर्बीमाले बोलायो साधारण सभा


काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले ७ औं वार्षिक साधारण सभा बोलाएको छ । आज बसेको कम्पनी संचालक समितिको बैठकले यहि भदौ ३० गते बिहीबार विहान ११ बजे कार्की व्यांकेट बबरमहल काठमाडौंमा बोलाएको हो ।
सभाले लाभांश प्रस्तावसहित सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, खर्च रकम अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७७र७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ १८ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने छन् ।