काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कार्यसम्पादनमा गतिमा कमी रहेको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नागरिकको अपेक्षाअनुसार सरकारले तिब्र गति अपनाउन नसकेको टिप्पणी गरे।
उनले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएपछि संविधानमा केही सुधार ल्याउने र विकास निर्माणका कामलाई तिव्रता दिने अपेक्षा राखिएको थियो तर यथार्थमा काम त्यति सस्तो भएको छैन। महामन्त्री थापाले भने, “हामीले सोचेका थियौँ कि सरकार बनेपछि गभर्नेन्स सुधार, विकास र सुशासनमा काम तीव्रता हुनेछ, तर यस क्रममा सरकारले ट्याक्टरको गतिमा काम गर्दैछ। ”
उनले थपे, “देशलाई कङ्कर्डको स्पिड चाहिएको बेला सरकार ट्याक्टरको गतिमा चलिरहेको छ।”महामन्त्री थापाले नेतृत्व तहबाट आवश्यक सुधारका लागि कार्यवाही नभएको र सरकारले युद्धस्तरमा काम गर्नुपर्ने सन्देश दिएका छन्। उनले सरकारलाई असफल बनाउनुको कारण आफूलाई पर्छ भन्ने कुरा स्वीकार गर्दै अझै पनि काम गर्ने जिम्मेवारी लिन तयार रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्