रितुसिंह वैद्यको नेतृत्वमा अटोमोबाइल व्यवसायीको नयाँ संस्था ‘नाइमा’ को औपचारिक शुभारम्भ


काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चर एसाेसिएसन (नाइमा) को आधिकारिक घोषणा भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै नाइमाको औपचारिक घोषणा भएको हो ।

नाइमा अटोमोबाइल ब्राण्डका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनका आयातकर्ता र उत्पादक कम्पनीहरूलाई समेट्ने गरी स्थापना गरिएको हो। संस्थाको अध्यक्ष युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितुसिंह वैद्य छिन्।

त्यस्तै नाइमाको सञ्चालक समितिमा सुहृदराज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदायन काब्रा छन्।

नेपालको सवारीसाधन तथा यातायात प्रविधिको क्षेत्रलाई साझा मञ्चमार्फत एकीकृत गर्दै नीति निर्माणमा सहकार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको अध्यक्ष वैद्यले बताइन् । उनले गाडी आयातकर्ता र गाडी उत्पादकको आवाज उठाउन संस्था दर्ता गरेकाे र साेही अनुसार काम गर्ने जानकारी दिइन् ।