सुन आयात स्थिर!


काठमाडौँ । नेपालमा आश्चर्यजनक ढङ्गले सुनको आयात लगभग स्थिर देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८१ को तथ्याङ्कअनुसार पहिलो नौ महिना अवधि साउन-चैतसम्म रु १७ अर्ब १२ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ।

रकमका आधारमा यो गत वर्षको समान अवधिभन्दा ६२ करोड रुपैयाँ कमको सुन आयात भएको देखिन्छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो नौ महिनामा १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो भने त्यसभन्दा अघिल्लो वर्ष २०७९/८० को पहिलो नौ महिनामा ३७ अर्ब करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो।

सरकारले विलासिताका वस्तुभन्दै सुनसहितका वस्तुमा सो वर्ष आयात नियन्त्रण गरेपछि गत वर्ष घटेको सुनको आयात यो वर्ष पनि उस्तै देखिनु तर बजारमा मागअनुसार सुनको आपूर्ति भइरहनुले अनौपचारिक आयात बढेको देखिन्छ।