परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः पूर्वअर्थमन्त्री महत


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाउनुपर्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले विभिन्न स्रोतबाट प्रश्तावित तथा माग भएका आयोजनाहरूमध्ये प्राथमिकतामा नभएकाहरूलाई घटाउनुपर्ने बताए ।

उत्पादन र गतिशीलतामा मद्दत नगर्ने आयोजनाहरूलाई प्राथमिकतामा नराख्न उनले सरकारलाई सुझाव दिए । उनले सडक आयोजनाहरुमा प्रतिफल नदिने आयोजनाहरु प्रश्तावित हुने गरेको भन्दै त्यसलाई घटाउनुपर्नेमा जोड दिए ।

पूर्वअर्थमन्त्री महतले जनसङ्ख्या, पर्यटन र उत्पादनलाई प्राथमिकता दिए त्यसले परिणाम पनि राम्रो निकाल्ने र रोजगारीमा पनि मद्दत पुग्न विश्वास व्यक्त गरे ।

उनले प्रतिफललाई प्राथमिकता दिएर आयोजना प्रश्तावित गरिए मात्रै त्यसले राम्रो प्रभाव पार्ने बताए ।