व्यापार अनिश्चितताकाबिच अमेरिकी किसानद्वारा वार्ताको आह्वान


काठमाडाैँ । अमेरिकी धम्की र कर लगाउनाले विश्वव्यापी व्यापार अनिश्चिततालाई उल्लेखनीय रूपमा बढाएको छ । जसले कृषि बजारलाई पनि बाधा पुर्‍याएको छ ।

अमेरिकी किसानले ट्यारिफ उपायहरूले ल्याएको तनाव कम गर्न मद्दत गर्न संयुक्त राज्य अमेरिका र चीनबिच वार्ता र सञ्चारको लागि आह्वान गरिरहेका छन् । बजारमा केही ठूला उतारचढावहरू आएको किसानको भनाइ छ । 

सकेसम्म चाँडो वार्ता गरेको खण्डमा यो समस्या समाधान हुने उनीहरूको भनाइ छ ।