राष्ट्रपति पौडेलले वैशाख १९ गते संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाउँदै यसबारेमा जानकारी गराएका हुन् ।

उनकाअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत २०८२ साल वैशाख १९ गते शुक्रवारका दिन ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् ।

राष्ट्रपतिको सम्बोधनको कार्यक्रम भएकाले प्रतिनिधि सभाका सम्पूर्ण सदस्यहरूलाई उक्त दिनको पौने ३ बजे नै आफ्नो आफ्नो आसनग्रहण गरिसकेकाे हुन आग्रह गरे । उक्त दिन समयमा निर्धारण गरिएको पोशाकमा उपस्थित हुन पनि आग्रह गरे ।