रुपन्देही । प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार खड्काले भारतबाट दुगौलिया नाका हुँदै भन्सार छली सामान ल्याउन चाहने सेवाग्राहीसँग सहजीकरण गरिदिने भन्दै ३० हजार घुस मागेको पुष्टि भएको हो।
उक्त सूचनाका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट दोष पुष्टि भएपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम आरोपपत्र दायर गरेको हो। आयोगले सोही ऐन अनुसार बिगो बराबरको जरिवाना र कैद सजाय माग गर्दै विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको हो ।
प्रतिक्रिया दिनुहोस्