काठमाडौँ । सेन्टर फर सोसियल इन्नोभेसन एण्ड फरेन पोलिसी (सिसेफ) का अनुसन्धान निर्देशक अजय भद्र खनाले नेपालमा चीनको मुख्य चासोको विषय सुरक्षा र स्थायीत्व रहेको बताएका छन् ।
मंगलबार भएको ‘स्ट्रेन्थिङ नेपाल डिप्लोमेटिक नेगोसियन’ सेमिनारमा खनालले नेपालमा चीनको मुख्य चासोको विषय सुरक्षा र स्थायित्व रहेको बताएका हुन् ।
चीनले विगत केही वर्ष देखि आफ्नो सम्बन्धलाई गतिशील बनाउँदै आएको उनले बताए । आर्थिक विकास, क्षेत्रीय प्रभाव विस्तार र विश्वव्यापी महत्वकांक्षा रहेकोले विभिन्न परियोजनाको कुराहरु मार्फत काम गरिरहेको उनले उल्लेख गरे ।
नेपालले चीनसँग धेरै आशा गरेको तर भुराजनीतिक वातावरण र कुटनीतिक क्षमताका कारण चाहे जस्तो प्रगति नभएको उनको भनाइ छ ।
उनका अनुसार नेपालले सम्झौताको कार्यान्वयन नगर्नु, आर्थिक लाभ लिन नसक्नु, पोखरा विमानस्थल भ्रष्ट्राचारको विषय अर्को समस्या हो । चीन नेपालको ठुलो विकास साझेदार रहेको उनले बताए ।
चीनले नेपालको राजनीतिक दलहरुसँग विशेष सम्बन्ध बनाउने भएका कारण अझ थप समस्या पर्ने गरेको उनको भनाइ छ । बुढिगण्डकीको विषय कम्युनिष्ट पार्टीहरुसँगको सम्बन्धले देखाएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्